सत्य कुरा बाहिर ल्यायो भनेर मलाई नजरबन्द गरियो : दुर्गा प्रसाईं

सेयर गर्नुहोस्

८ मंसिर, काठमाडौं । प्रशासनले आफूलाई नजरबन्द गरेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो धारणा सार्वजनिक गरेका छन्। शुक्रबार तीनकुनेमा आन्दोलन गर्ने बताएपछि प्रहरी प्रशासनले प्रसाईंलाई उनको निजी निवास भक्तपुरमै नजरबन्द गरेको थियो। त्यसपछि उनले प्रतिक्रिया दिँदै भने– ‘सत्य कुरा बाहिर ल्यायो, अब हामी सकिन्छौं भनेर मलाई नजरबन्द गरियो।’ आफू नजरबन्दमा परे पनि आफ्नो विचार र नेताको असली अनुहार जनतालाई बताइसकेकाले केही फरक नपर्ने उनले बताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *