सम्पर्कविहीन रहेका २६ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको सूचना

सेयर गर्नुहोस्

१० मंसिर,पोखरा । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना लामो समयदेखि सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ । जानकारीबिनै दुई÷तीन महिनादेखि सम्पर्कविही भएका २६ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ । पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनेबारेको सार्वजनिक सूचना निकालेको हो ।  बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर नभएमा सेवाबाट हटाउने सूचनामा उल्लेख छ ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *