बहसकै क्रममा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

सेयर गर्नुहोस्

१० मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशसामू बहस चलिरहेका बेला औचित्य सकिएको भन्दै गणतन्त्र विरोधी अभियानमा लागेका व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । उनको रिट अधिवक्ता सुरेन्द्र भण्डारीले फिर्ता लिएका हुन् ।  गत शुक्रबार प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नै रिट दायर गरेका थिए । उक्त रिट न्यायाधीश कुमार चुडालको इजलासमा बहस हुँदै गर्दा प्रसाईं खुल्ला रुपमा भाषण गरिरहेको प्रसंग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *