एआईको दुरुपयोग गरेर चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै अदितीको आपत्ति

सेयर गर्नुहोस्

१३ मंसिर, काठमाडौं । अभिनेत्री अदिती बुढाथोकीले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्विर र भिडियो सेयर गरेर दुःख दिने काम गरेको भन्दै आपत्ति जनाएकी छिन् ।  अदितीले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट सेयर गरेर आफूलाई दुःख दिने काम भइरहेको बताइन् । उनले सामाजिक सञ्जालमा एआईका तस्विर व्यापक सेयर भएपछि फ्यानहरुलाई यसको जानकारी दिँदै आफ्नो आधिकारिक पेजलाई मात्र आधार मान्न समेत आग्रह गरेकी छिन् ।

अदितिले आफूलाई यस्तो गलत कार्यको विरुद्धमा साथ दिन आफ्नो इन्स्टाग्रामका फलोअर्ससँग आग्रह पनि गरेकी छिन् । अदितीले लेखेकी छिन्, ‘अरू मानिसहरूलाई खसाल्न केही मान्छेहरूले गरेको प्रयास देख्दा मलाई निकै दुख लागेको छ । लामो समयदेखि मैले यस्तो हर्कत र प्रयासको सामना गरिरहेको छु । मैले यसलाई रोक्ने प्रयास पनि गरिरहेकी छु । नक्कली स्न्यापच्याट आइडीबाट यस्तो काम भइरहेको छ । साथै, एआई र अरू गलत भिडियोको माध्यमबाट मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ ।  पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरेर बनाइएका भिडियो र तस्विर सेयर गर्ने क्रम बढेको छ । यसको मारमा नाम चलेका बलिउड अभिनेत्रीहरू रश्मिका मन्दाना, आलिया भट्ट र काजोल एआईद्वारा निर्मित डीप–फेक भिडियोको सिकार बनिसकेका छन् ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *