पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले मृत्यु

सेयर गर्नुहोस्

१४ मंसिर, जारकोट । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि पालमुनि बस्दै आएकी कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिय देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको उनले बताए । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको अध्यक्ष बस्नेतले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *