बाटो स्तरोन्नती नगरेको भन्दै पोखरामा ओलीलाई देखाए युवाहरुले कालो झण्डा

सेयर गर्नुहोस्

२२ मंसिर, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाइएको छ । बेगनासताल नजिक उनलाई त्यहाँका युवाहरुले कालोझण्डा देखाएर यात्राको विरोध जनाएका हुन् । आफ्नो घर छेउमा बाटो स्तरोन्नती नभएको आरोप युवाहरुले लगाएका छन् ।

‘हाम्रो ठाउँको बाटो किन बनेन भनेर सोध्न नपाउने हुन्छ रु बाटो हिँड्नै नहुने भैसक्यो । घरसम्म धुलो आइपुग्छ,’ स्थानीय सुरेश लामिछानेले भने, ‘बोल्दा मात्रै समृद्धि हो । फिल्डमा समृद्धि कहिले आउँछ रु’ उनी सहित युवाहरुले कालोझण्डा देखाउँदा ओलीसँगै यात्रा गरेका सदस्यहरुले रोकेका थिए ।

ओली पोखराबाट बेगनास हुँदै लमजुङतर्फ गएका छन् । सुरुमा यहि बाटोलाई मध्येपहाडी लोकमार्गमा जोड्ने प्रयास गरिएको थियो । पछि राजनीतिक खिचातानीका कारण बाटो अन्तैबाट गयो । ‘१० वर्ष भैसक्यो बाटो नबनेको । समृद्धिको लागि टोली हिँडेको छ । हाम्रो हालत यस्तो छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *