नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छः राष्ट्रपति पौडेल

सेयर गर्नुहोस्

२ पौष, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विधिधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहमा बोल्दै उनले जनताको ठूलो दुःख र त्याग पश्चात यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता र समानता लागू गर्ने क्रममा रहेको पनि बताए । 

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएकाहरुसँग जनताको र राष्ट्रको भाग्य र भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने पनि बताए । उनले राष्ट्र र जनताप्रति दायित्व नभुली अघि बढ्न पनि शिक्षित युवाहरुले राष्ट्र निर्माणको काममा लागिपर्ने विश्वास समेत व्यक्त गरे । राष्ट्रपति पौडेलले सक्षम, सबल र समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाहरुको भुमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *