जनताले एमाले नेतृत्वको सरकार खोजेका छन्ः उपाध्यक्ष थापा

सेयर गर्नुहोस्

३ पौष, काठमाडौं ।  नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले नेपाली जनताले नेकपा (एमाले) नेतृत्वको सरकार खोजेको बताएका छन्। सोमवार पाँचथरको फिदिममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष थापाले नेपाली जनताले नेकपा९एमाले०नेतृत्वको सरकार खोजेका बताएका हुन् । उनले आफूहरुको झुलाघाट–चिवाभञ्ज्याङको यात्राका क्रममा नेपाली जनताले देशमा एमालेको नेतृत्व खोजेको स्पष्ट भएको बताए।

उनले एमालेले मात्रै देशलाई समृद्धिको दिशामा अगाडी बढाउन सक्छ भन्ने देखाएको बताए । उनले देशको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र विकासमा एमालेले मात्रै अगाडी बढाउन सक्ने उल्लेख गरे । त्यस्तै समाजवादको स्थापना र त्यसको आधार निर्माण पनि एमालेको नेतृत्वले मात्रै गर्न सक्छ भन्ने देखाएको उनको भनाई छ । उनले एमालेको संकल्प यात्राले अगामी ०८४ सालमा सालमा एमालेको बहुमतको सरकार निर्माण गर्ने लक्ष्य हासिल गर्न महत्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *