डेढ बर्षभित्र पुरै देश उज्यालो बनाएरै छाड्छु : प्रधानमन्त्रि प्रचण्ड

सेयर गर्नुहोस्

८ पौष, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गरेका छन् । शनिवार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउएका हुन् ।

उनले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताउदै आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भएपनि त्यसको प्रचार गर्न नसकेको बताएका छन् । उनले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *