शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्छः सांसद भण्डारी

सेयर गर्नुहोस्

९ पौष, काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले सबै शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षकहरुको एउटै दरबन्दी बनाउनुपर्ने बताए ।

उनले शिक्षकहरुले समयको मागअनुसार विद्यार्थीलाई शिक्षा दिनसक्छ÷सक्दैन भन्ने अहिलेको चुनौति रहेको उल्लेख गर्दै त्यस निम्ति पनि सचेत हुनुपर्ने आवश्यकता रहेको बताए । उनले शिक्षकहरुले निजामती कर्मचारीसरहको सेवा, सुविधा माग्नु जायज रहेको बताए । गुणात्मक शिक्षा दिनका लागि शिक्षकहरु अभिभावक, विद्यार्थी, पाठ्यक्रम र परिणामसँग जोडिनुपर्ने उनको भनाई छ । विद्यार्थीलाई उसको व्यवहार र क्रियाकलापका आधारमा पनि मूल्यांकन गर्नुपर्ने उनले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *