रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखिने

सेयर गर्नुहोस्

९ पौष, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । लामिछानेमाथी खोया प्रहार गरेपछि प्रहरीले लमजुङका सन्तोष रानाभाटलाई अभद्र व्यवहार मुद्दामा अदालतबाट १० दिन म्याद थपेर अनुसन्धान थालेको जनाएको छ । तर लामिछानेले रानाभाटलाई कारबाही नगर्न भनेका थिए । डीएसपी श्रवणकुमार बि.क. ले लामिछानेसँगै ड्युटीमा रहेका प्रहरीमाथि समेत दुर्व्यवहार गरेका कारण हिरासतमा राखेर अनुसन्धान गर्न लागिएको बताएका छन् । ‘ड्युटीमा भएका प्रहरीलाई दुर्व्यवहार गरेको भन्ने छ ।

घटनाबारे अनुसन्धान गर्नुपर्ने भएकोले हिरासतमा राखिएको हो,’ उनले भने । शनिवार अमरसिंह चौरमा भएको सभामा बोलिरहेका लामिछानेतिर ताकेर उनले मकैको खोया प्रहार गरेका थिए । उक्त खोया फालेपछि लामिछानेले सबै खालका प्रहार सहन आफू तयार रहेको प्रतिक्रिया दिएका थिए । रानाभाट सामान्य परिवारको भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *