राष्ट्रियसभा निर्वाचनबारे देउवा र शेखरबीच छलफल

सेयर गर्नुहोस्

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनबारे पार्टीको संस्थापन इतर समूहका नेता डा। शेखर कोइरालासँग छलफल गरेका छन् । सभापति देउवाले छलफलका लागि बोलाएपछि नेता कोइराला र महामन्त्री गगन थापा धुम्बाराही पुगेका थिए । सत्ता गठबन्धनमा कांग्रेसले १० सिट पाएपछि देउवाले पार्टीभित्र आन्तरिक छलफलका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई धुम्बाराही बोलाएका हुन् । नेता कोइराला र महामन्त्री थापाले देउवासँग ४ सीट आफ्नो पक्षले पाउनुपर्ने माग राखेको बताइएको छ । गठबन्धनमा कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा दुई–दुई सीट पाएको छ । कोशी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशमा एक–एक सीट लिएको छ ।

कांग्रेसमा सत्तापक्ष इतर पक्षले ४ सिटमा दाबी गरेको छ । बागमती, लुम्बिनी र गण्डकी र सुदूरपश्चिममा इतर पक्षले एक एक सिटमा दाबी गरेको छ । संस्थापन पक्षले भने इत्तर पक्षलाई बढीमा तीन सीट दिने बुझिएको छ । कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुंगो लगाउन आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समिति बैठकअघि देउवा, कोइराला र महामन्त्री थापाबिच आन्तरिक छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *