नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित

सेयर गर्नुहोस्

२७ पौष,काठमाडौं ।  काठमाण्डौ – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् । कैलालीको टीकापुरमा चलिरहेको उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा अध्यक्ष पदका लागि चौधरीको मात्रै उम्मेदवारी परेको हो ।

२०७२ मा भएको टीकापुर घटनामा दोषी ठहर भएपछि जेल गएका चौधरीले गएको वर्ष जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गरेका थिए । यसअघि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका चौधरी जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएर अध्यक्ष बनेका हुन् । राष्ट्रपतिबाट कैद मिनाहा भएपछि उनी पुनः राजनितिमा सक्रिय भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित भएका छन् भने सहमहासचिव, सचिव र सहसचिवमा पनि निर्विरोध भएका छन् । अब उपाध्यक्ष र महासचिवमा मतदान हुने छ । सात वटा उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने महासचिवमा तीन जनाले उम्मेदवारी दिएका छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *