जन्मकैद सजाय पाएर फरार भएका ब्यक्ति २१ वर्षपछि पक्राउ

सेयर गर्नुहोस्

२ माघ, काठमाडौं। सर्वश्वसहित जन्मकैद सजाय पाएर फरार भएका अभियुक्तलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) को टोलीले धादिङको ज्वालामुखी गाउँपालिका-१ का ७० वर्षीय सूर्यबहादुर दवाडीलाई पक्राउ गरेको हो ।

उनलाई विशेष सूचनाको आधारमा माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । २०५० साल फागुन २८ गते श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर हत्या गरेका थिए । उनीविरूद्ध धादिङ जिल्ला अदालतले हत्या अभियोगमा २०६१ साल जेठ ५ गते जन्मकैदको सजाय सुनाएपछि उनी फरार भएका थि ए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *