बाजुरामा गाँउपालिका उपाध्यक्षको मृत्यु

सेयर गर्नुहोस्

४ माघ, बाजुरा । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित जोशीको स्वामीकार्तिक खापर–४ स्थित आफ्नै निवासमा मृत्यु भएको सो गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिए । वि।सं। २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित उपाध्यक्ष जोशीले लामो समयदेखि क्यान्सरको उपचार गराइरहेकी थिइन् । उनी कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सदस्य पनि थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *