गायक तथा संगीतकार योगेश वैद्य निधन

सेयर गर्नुहोस्

५ माघ, काठमाडौं । लामो समयदेखि मधुमेह रोगबाट पीडित रहेका गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा उनको निधन भएको हो ।

वैद्यको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ः३० बजे संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *