आजपाका २३ कार्यकर्ता जनकपुरबाट पक्राउ

सेयर गर्नुहोस्

११ माघ, जनकपुरधाम । यातायात बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी ९आजपा०का २३ जना नेता(कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । जनकपुरको रामानन्दचोकबाट २३ जना नेता- कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो । यधपी आजपको बन्दको आंशिक प्रभाव मात्र परेको छ । राष्टिय सभा निर्वाचनको मतदान जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *