चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने

सेयर गर्नुहोस्

११ माघ, काठमाडौं । चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला गोष्ठी सञ्चालन गर्ने भएको छ । नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको हो। बुधबार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएको बोर्डले जनाएको छ । बोर्डको चालू आ।व। २०८०र०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो ।

कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल mailto:fdbworkshop2024@gmail.com मार्फत आवेदन पेस गर्न सकिनेछ । कार्यशालामा सहभागी हुन पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिइने बताइएको छ । कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *