आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना

सेयर गर्नुहोस्

१४ माघ, काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज पनि मौसममा आंशिक बदली भएको छ । आज बिहान तराईका अधिकांश जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भू-भागमा आंशिक बदली भएको छ भने अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कर्णालीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार र मंगलबारसमेत उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात हुने महाशाखाक पूर्वानुमान छ । यो अवधिमा पानी पर्ने सम्भावना भने देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *