कांग्रेस संसदीय दलको बैठक बस्दै

सेयर गर्नुहोस्

१९ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले बताए ।  बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *