एक दिवसीय क्रिकेटमा नेपाल ७ रनले विजयी

सेयर गर्नुहोस्

२५ माघ, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ । नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकालेको हो । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २ १७ रनमा अल आउट भयो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै १० विकेट गुमाएर २२४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए ।

आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए । कप्तान रोहित पौडेलको घातक बलिङमा घरेलु मैदानमा सुरु तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोली क्यानडाविरुद्ध रोमाञ्चक जित निकालेको हो । बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि ७ रनले रोमाञ्चक जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । सरिजको दोस्रो खेलमा नेपालले शनिबार खेल्नेछ । नेपालले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २ सय १७ रनमा अलआउट भयो ।

क्यानडाका चार ब्याटर बाहेक अनयले दोहोरो अंकको स्कोर छुन सकेनन् । क्यानडाका लागि निकोलस कीर्तोनले सर्वाधिक ६८ रनको योगदान दिए । ९९ बलमा ७ चौका हानेका निकोलस पवन सर्राफको बलमा बोल्ड आउट भए । तेस्रो विकेटका रुपमा पारगत र निकोलस किर्तोनले ७९ रनको साझेदारी गर्दै क्यानडाको इनिङस् बढाएका थिए । टोलीका कप्तान रोहित पौडेलले ५८ बलमा ९ चौका हान्दै ५० रन बनाएका पारगत सिंहलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण सफलता दिलाएका थिए ।

४३ बलमा ३ चौका हानेका हर्ष ठाकरे ३२ रन बनाउँदा कुशल मल्लको हातबाट बोल्ड आउट भए । ओपनर आरोन जोनसन २० रन बनाउँदा सोमपाल कामीको बलमा एलबीडब्लु धरापमा परे । नवनित डालिवाल ६ रनको रिजन ढकालको बलमा आरिफ शेखको हातबाट क्याच आउट भए । रिजनले डेब्यु विकेट लिएका हुन् । यास मोभ्भा १ रन बनाउँदा रोहित पौडेलको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए । क्यानडा विरुद्धको खेलबाट तिव्र गतिका बलर ढकाल र स्पिनर सुर्य तामाङले डेब्यु गरे । नेपालका लागि कप्तान रोहित पौडेलले ४ विकेट झारे । ८.५ ओभर बलिङ गरेका रोहितले २ मेडन राख्दै २२ रन खर्चे । ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले समान एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *