नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

सेयर गर्नुहोस्

२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज र भोलि बस्नेछ । स्थायी कमिटीमा विधानबारे छलफल हुने पार्टी कोषाध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । विधान सम्मेलनअघि बैठक बस्न लागेको हो ।

मुख्यसचिव श्रीराम ढकालका अनुसार माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक पनि बस्नेछ । बैठक राष्ट्रियसभा गृहमा बस्नेछ । उक्त बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ । माओवादीको विधान सम्मेलन फागुन १–३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *