डीआईजी चन्द विदामा भएकाले विमानस्थलका प्रहरी पुरस्कृत भएकोबारे प्रष्ट भएको छैन्ः आईजीपी कुँवर

सेयर गर्नुहोस्

२८ माघ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वशन्तबहादुर कुँवरले विमानस्थलमा अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई पुरस्कृत गरेको भन्नेबारे हाल विदामा बसेका डीआईजी अर्जुन चन्द फर्किएपछि स्पष्ट हुने बताएका छन् । उनले जसले पुरस्कार गर्यो भनिएको छ उ विदामा भएको र यसबारे कुनै रिपोटिङ नगरेकाले छानबिन भइरहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा उनले यस्तो बताएका हुन् । कर्मचारीहरूको कुटाकुटपछि विमानस्थल सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएकोबारे सोधिएको प्रश्नमा उनले डीआईजीको राजीनामा आएको तर स्वभाविक रुपमा आएको हो वा होइन भन्ने विषयमा छानविन भइरहेको बताए । महानिरीक्षक कुँवरले चन्द आफ्नो ब्याचमेट भएको बताए ।

उनले हाल बिदामा रहेका ठकुरीले आफू मातहतका तीन प्रहरीलाई पुरस्कृत गरेको विषयमा छानबिन पनि भइरहेको बताए । उनले केही प्रहरीलाई पुरस्कृत गरेको भन्ने मिडियामा समाचार आएपनि यसको आधिकारिक पुष्टि नभएको भन्दै उनले छनबिन भइरहेको र डीआईजी चन्द विदाबाट फर्किएपछि सवै कुरा प्रष्ट हुन बताए । ठकुरीले प्रहरी नायब निरीक्षक (सई) प्रकाश चौधरी, सहायक निरीक्षक ९असई० सञ्जय तामाङ र जवान रविजंग गुप्तालाई पुरस्कृत गरेको भन्ने समाचार बाहिरिएको भन्दै सांसदहरुले प्रन उठाएका थिए । चौधरीलाई १ हजार २००, तामाङलाई १ हजार १०० र गुप्तालाई ८०० रुपैयाँसहित पुरस्कृत गरिएको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *