पार्टीका आम कार्यकर्तालाई अन्याय भएको छ : डिना उपाध्याय

सेयर गर्नुहोस्

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र न्याय नपाएको गुनासो आएको बताएकी छन् । न्याय दिने बाटोमा पार्टीको अबको नीतिले अबलम्बन गर्ने उनले बताइन् । ‘आम पार्टीका कार्यकर्तालाई अन्याय भयो । त्यसको अभिलेखीकरण गर्दै सबैलाई न्याय दिने वातावरणमा हामी सबै जुटौं,’ उपाध्यायले भनिन् । सोमबारदेखि सुरु भएको महासमिति बैठकको उद्धघाट्न सत्रमा बोल्ने क्रममा उपाध्यायले पार्टीको नीतिले मुलुकको परिवर्तन गर्ने अठोट र प्रतिवद्धता लिने बताइन् ।

महासमिति बैठकले मुलुकको परिवर्तनको बाटो तय गर्ने बताइन् । उपाध्यायले भनिन्,‘जनताको विश्वास कांग्रेसप्रति आज पनि छ । संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसलाई दिइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *