लघुवित्त पीडितहरुले गरे काठमाडौंमा प्रदर्शन

सेयर गर्नुहोस्

९ फागुन, काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । लघुवित्त पीडितहरुले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन् । पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए । १ फागुनमा मुग्लिन आइपुगेका उनीहरु त्यहाँबाट ७ दिन हिँडेर काठमाडौं आएका थिए । करिव ३ हजारको संख्यामा रहेका उनीहरुमा अधिकांश महिला छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *