विष्णु पौडेललाई दुई सय किलोको मालाले सम्मान

सेयर गर्नुहोस्

२० फागुन, जनकपुरधाम । जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ । एमाले नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा दुई सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन् । आज धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनको लागि ओली आउने कार्यक्रम तय थियो ।

तर, ओली आउने कार्यक्रम स्थगित भयो र उनको स्थानमा उपाध्यक्ष विष्णु पौडेल आएपछि उनलाई नै सो मालाले स्वागत गरिएको हो । एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवका अनुसार अध्यक्ष ओली आउने कार्यक्रम विशेष परिस्थिति अनुसार स्थगित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *