उपेन्द्र यादवले लिए उपप्रधान तथा स्वास्थ्य मन्त्रीका रूपमा शपथ

सेयर गर्नुहोस्

२७ फाल्गुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतलनिवासमा आइतबार बिहान आयोजित विशेष समारोहबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । उनीसँगै जसपाकै नवल किशोर साह सुडीले वन मन्त्रीका रूपमा शपथ लिएका छन् ।

जसपाका २ मन्त्री थपिएसँगै पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको छ । सबै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *