लिखित सहमति भए मात्र नेकपा एसले राष्ट्रिय सभामा माओवादीका उम्मेदवारलाई भोट दिने

सेयर गर्नुहोस्

२८ फागुन, काठमाडौं । सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षमा माओवादीका उम्मेदवारलाई मत दिन लिखित सहमति मागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाएमात्रै राष्ट्रिय सभामा र विश्वासको मत दिने बताएको छ । सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले मत दिने बताए ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरूको सुनुवाई नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताए । उनले भने, ‘हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ । तर उहाँले हाम्रा कुरा सुनुवाई नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उनले सरकारले अघि बढ्ने की ढल्ने भन्नेकुरा प्रधानमन्त्री दाहालमै निर्भर रहेको बताए । उनले सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्ने र सहमत गरे मत पाउने र नगरे मत नपाउने बताए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *