पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार जीवन गुरुङ १५ लाख रुपैयाँ धरौटीमा रिहा

सेयर गर्नुहोस्

५ चैत, काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए । प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *