बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

सेयर गर्नुहोस्

९ चैत बर्दिया । बलात्कारको आरोपमा वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । बर्दियाको बाँसगढि नगरपालिका वडा ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरीक्षक शैलेश्वरी बोहराले आफूलाई केहि थाहा नभएको बताए पनि जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको पुष्टि गरेको छ । प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बिहीबार बेलुकी पक्राउ गरिएको बताए । साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *