महिला न्यायाधीशहरूले सम्पादन गरेका मुद्दा विवादरहित छन् : मन्त्री गिरी

सेयर गर्नुहोस्

९ चैत, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले महिला न्यायाधीशहरूले सम्पादन गरेका मुद्दा विवादरहित रहेको बताएका छन् । शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पुरुषको तुलनामा महिला न्यायाधीशले हेरेका मुद्दा विवादरहित रहेको बताएका हुन् ।

मन्त्री गिरीले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरूलाई निश्चित रुपमा कार्यान्वयन गर्नका निम्ति र कानूनहरू निर्माण गर्नका निम्ति सरकारले प्राथमिकता दिएर काम गरिरहेको पनि बताए । उनले महिला न्यायाधीशहरूको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धतासमेत जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *