इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने रास्वपाको तयारी

सेयर गर्नुहोस्

१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका मिलन लिम्बुलाई उम्मेदवार बनाउने गरी तयारी भएको खुलेको छ । लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का महासचिव समेत हुन् । तर रास्वपाले भने विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको छ । ‘कुन पार्टीको के भनेर आवद्धता हेरिन्न् ।

रास्वपासँग जोडिएर उम्मेदवार हुन इच्छुक व्यक्तिको विगत विवादित हुनु भएन’ रास्वपाका उच्च तहका एक नेताले भने, ‘अनियमितता र विवादमा नरहेको देखिए उहाँ उम्मेदवार हुने सम्भावना बढी छ । रास्वपाले १७ चैतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ । त्यसअघि उपसभापति डा। स्वर्णिम वाग्ले १५ चैतमा इलाम जाँदैछन् । उनले उम्मेदवार आकांक्षीहरुबीच छलफल गराएर योग्यलाई चयन गर्ने बताए । ‘१५ गते म इलाम जाँदैछु, उम्मेदवारमा आकांक्षा गर्ने अरु पनि हुनुहुन्छ, पार्टीले आकांक्षीबीच छलफल गराएर योग्य उम्मेदवार चयन गर्छ’, वाग्लेलेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *