२० चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको बाधक भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियामा यादवले वर्तमान शासकिय स्वरुपले समाजवाद निर्माण हुन नसक्ने बताएका हुन्। ‘अहिलेको संविधान र व्यवस्था नै समाजवादको पुरै वाधक छ । यसलाई संशोधन गरौं । अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हेरिरहेका छौं नि तमासा त भइरहकै छ । यो निर्वाचन प्रणालीले पनि करोडौं खर्च गरेर बल्लतल्ल संसदमा पुग्छन् । तिनिहरुबाट समाजवादको आशा गर्ने रु’ उनले भने।
वर्तमान लोकतन्त्रलाई समावेशी र सहभागितामूलक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्ने पनि उनको भनाइ छ । समाजवाद निर्माणका लागि सामाजिक असमानता, अन्याय र लैंगिक समस्याहरुलाई हल गर्न आवश्यक रहेको अध्यक्ष यादवले उल्लेख गरे । उनले भने, ‘नेपाल बहुराष्ट्रिय मुलुक हो । सबै वर्गको सहभागिता र उनीहरुको पहिचानलाई समाधान गरेर राज्यले वर्षौदेखि सिर्जना गरेका समाजवादलाई उखेलेर नफाल्दासम्म कस्तो खालको समाजवाद हुन्छ रु समाजवाद निर्माणका लागि सामाजिक विभेदको अन्त्य गर्न जरुरी छ । त्यस्तै आर्थिक विकास, समृद्धि र सुशासन महत्वपूर्ण पक्ष हुन्।