प्रत्यक्ष निर्वाचित कार्यकारी उपयुक्त छैन: अध्यक्ष नेपाल

सेयर गर्नुहोस्

२० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने बताएका छन् । मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रियामा उनले राजनीतिकर्मीको आचरण सही नभएकाले प्रत्यक्ष निवौचित प्रणालीबाट राम्रो मान्छे छनोट नहुने बताएका हुन् ।
‘प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुंगो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त । केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त । अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त । हाम्रो आचरण यस्तो छ । ‘यस्तै खालका मान्छेहरु राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन्’, उनले भने ।
उनले नेपालमा अघि बढ्न संविधान बाधक नभई सहयोगी नै भएको बताए । ‘अहिले अघि बढ्नका लागि यो संविधान सहयोगी छ, बाधक छैन । आठ वर्षको अनुभवको प्रकाशमा पनि विगतका कुरालाई सुधार्नुपर्छ । कानुन निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ’, उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *