गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा

सेयर गर्नुहोस्

२१ चैत, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई समर्थन नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति थिएन । त्यसैले उनले राजीनामा दिएर मार्ग प्रशस्त गरेका छन् । उनी ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा छन् ।

गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन । २ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिंदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *