पार्टीलाई एकढिक्का बनाएर लैजानु आजको आवश्यकता : सभापति देउवा

सेयर गर्नुहोस्

२८ चैत, बुटवल । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा पार्टीभित्र आन्तरिक समस्या देखिए पनि अब पार्टी एकढिक्का बनाएर लैजाने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नं। ३ रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै देउवाले यस्तो अभिब्यक्ति दिएका हुन् । ‘विगतमा आन्तरिक समस्या थियो तर अब पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउँछु, उनले भने । 

भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्नु दुःखद रहेको भन्दै उनले यसका लागि आफूले पहल गर्ने बताए । विमानस्थल बनेको लामो समयसम्म सञ्चालनमा आउन नसक्नु बिडम्बना भन्दै देउवाले सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

‘के कति कारणले विमानस्थल सञ्चालनमा आउन सकेन त्यो बुझेर मैले पहलकदमी अघि बढाउँछु,’ देउवाले भने, ‘भैरहवा विमानस्थल सञ्चालनमा आएमा लाखौं पर्यटक नेपाल भित्रिने र मुलुकले ठूलो आर्थिक लाभ लिन सक्ने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *