वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन हुँदैन : नेता खनाल

सेयर गर्नुहोस्

७ बैशाख, मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । 

उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *