भूकम्पीय दरार प्रदर्शन मा भुकम्प सम्बन्धि चित्रकला

सेयर गर्नुहोस्

सागर तिमल्सिना 

१२ बैशाख, काठमाडौं । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ। गोर्खाको वारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ८ हजार ९ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए। नेपालले विभिन्न कालखण्डमा विनाशकारी भूकम्पहरू भोग्दै आएता पनि भुकम्पजानुको कारण, नेपालमा निहित भूकम्पीय प्रकोप , भूकम्पीय दरार , नेपालको भौगोलिक बनोट जस्ता महत्वपुर्ण विषय वस्तुहरुमा आम मानिसहरुको बुझाई अझै कम रहेको पाइन्छ। यिनै विषयमा जनचेतना जगाउने उदेश्य सहित भुगर्भशास्त्र विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पस र जापानको हिरोशिमा विश्वविद्यालयको संयुक्त आयोजनामा नक्शाल स्थित नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानको अरनिको ग्यलीरिमा मिति २०८१ वैशाख ९ देखि १३ गते सम्म झापाको दमकबाट उत्खनन गरि ल्याएको भूकम्पीय दरार लगायत भुकम्प सम्बन्धि बृहत प्रदर्शनी भैरहेको छ।

 

दिइएको चित्रमा हिमाल पहड तराई तीन वटै भौगोलिक संरचना दर्साउदै नेपाललाई अंकित गरिएको छ। डाँडाको टुप्पोमा भएको स्वयम्बुनाथको गजुर भुकम्पले ढल्किएको छ र सो ढल्काईले शान्ति स्थिर छैन भन्ने बुझिन्छ। भुकम्पको कारणले पहाडमा पहिरो गएको र तराईमा जमिन चिरा परेको देख्न सकिम्छ। साथै घरहरु लडेका, भत्केका,चर्केका र त्यहाँ घाइते भएका मानिसलाई हेलिकप्टर र एम्बुलेन्सबाट उद्धार गरिरहेको घरवास बिहिनहरु त्रिपालमा सुतिरहेको दृश्य छ। राहत केन्द्र खडा गरेर राहत बितरण मानिसहरु लाइनमा उभिरहेका छ यस्ले मानिसको धैर्यता र अनुशासन जनाउछ। समग्र चित्रले वैशाक १२ लाई सम्झना दिन्छ।

चित्रकार : सागर तिमल्सिना , भुगर्व शास्त्र विद्यार्थी, त्रिचन्द्र क्याम्पस

Leave a Reply

Your email address will not be published. Required fields are marked *