महोत्तरीमा भीषण आगलागी

सेयर गर्नुहोस्

१२ बैशाख, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका ६ मा भीषण आगलागी भएको छ । करिब एक घण्टा अगाडि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा सयौं घर जलिसकेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए । उनका अनुसार हावा तीव्र गतिमा चलिरहेको छ । घाम पनि उत्तिकै छ । त्यसैले पनि आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ ।

पीडितहरुको पनि भागाभाग मच्चिएको छ । आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेको छ । बारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीहरु आगो नियन्त्रणमा लिन खटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *