नेविसंघको केन्द्रीय प्रवक्तामा सुरज सेजुवाल नियुक्त

सेयर गर्नुहोस्

१९ बैशाख, काठमाडौँ । नेपाल विद्यार्थी संघको प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन् । अधिवक्तासमेत रहेका नेविसंघका केन्द्रीय सदस्य सेजुवाललाई नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले समितिको प्रवक्ता तोकेका हुन् । महाधिवेशन गर्न नसकेर तदर्थ समितिकारुपमा गठित नेविसंघ वर्तमान केन्द्रीय समितिमा पदाधिकारी छैनन् । अध्यक्ष शेर्पाले सेजुवाललाई केन्द्रीय समितिको प्रवक्ताको जिम्मेवारी तोकेर चिठी दिएपछी उनि प्रबक्ता भएका हुन् ।

जुम्लाका सेजुवाल नेपाल ल क्याम्पसमा नेविसंघ सभापति हुँदै केन्द्रीय समितिमा आएका हुन् । उनले २०७३ सालदेखि गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ ुकानुनी शिक्षा सुधार अभियानु को संयोजकत्व गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *