राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यलाई नेपाल महिला चेम्बरको सम्मान

सेयर गर्नुहोस्

२१ वैशाख, काठमाडौं । नेपाल महिला चेम्बरले राष्ट्रिय सभा सदस्य डा। अञ्जान शाक्यलाई सम्मान गरेको छ । डा। शाक्य चेम्बरकी संस्थापक अध्यक्ष समेत हुन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल एवम् चेम्बर सल्लाहकार परिषद्‍का अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई संयुक्त रुपमा सम्मान गरेका हुन् । महिला चेम्बरकी अध्यक्ष श्रेष्ठले डा. शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्धा उठाउन आग्रह गरिन् । महिलाको उद्यमशीलता विकासका लागि कानुनी र संरचनागत सुधारको आवश्यक्ता रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशीलता विकासमा डा। शाक्यको भूमिकाको प्रशंसा गरिन् । चेम्बर अध्यक्ष अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए । महिला चेम्बर मार्फत महिला उद्यमशिलता एवम् शसक्तीकरणका लागि चेम्बरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाइ छ । सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा। शाक्यले राष्ट्रियसभामा निजी क्षेत्रबाट प्रतिनिधत्व गर्नु गौरवको विषय भएको टिप्पणी गरे । सम्मान ग्रहणपछि डा। शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने बताइन् । मुलुकको आर्थिक विकासका लागि आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता उनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *