कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास मूल्य मान्यतामा आउनुपर्छ : अध्यक्ष ओली

सेयर गर्नुहोस्

८ जेठ, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास मूल्य मान्यतामा आउनुपर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताए । कांग्रेसले आफूलाई सम्हाल्नुपर्‍यो कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास मूल्य मान्यतामा आउनुपर्‍यो’, उनले भने । त्यसो भए घेराउकै बीच बजेट ल्याउने हो भन्ने प्रश्नमा ओलीले यसअघि पनि त्यसरी बजेट आएको बताए । ‘घेराउका बीच बजेट आएका छैनन् रु हामीले १२ पल्ट घेराउ गर्दागर्दै बजेट आएको देख्नुभएको थिएन ?’, ओलीले प्रश्न गरे ।

५ जेठमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार सहकारीको वचत अपचलनमा छानबिन समिति बन्न सक्ने ओलीले बताए । ‘५ गते टुंगिएको अनुसार हो भने (छानबिन समिति) बन्न सक्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *