गृहमन्त्रीको संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले अब सडकमा पनि प्रदर्शन गर्ने

सेयर गर्नुहोस्

९ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ । बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौंमा ११ जेठमा प्रदर्शन गर्ने तयारी गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् । त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बैठकमा समझदारी भएको उनले जानकारी दिइन् ।

 गृहमन्त्रीमाथि संसदीय छानबिन, गृहमन्त्रीले संसदमा कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध र सहकारी पीडितको रकम फिर्ताको विषयलाई लिएर प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *