छानबिन समितिको कार्यादेश तय, चारबुँदे सहमतिमा हस्ताक्षर

सेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलले चारबुँदे सहमति गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकले संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति गरेको हो।

सहमतिअनुसार छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीको विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने छ। कार्यदलले उक्त सहमतिसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *