सेलिब्रेटीलाई प्रयोग गरी आफ्नो प्रचार गर्ने एयरलाइन्सको गैरजिम्मेवार लापरबाही छताछुल्ल, चौतर्फी आलोचना

सेयर गर्नुहोस्

२० जेठ, काठमाडौं । नेपालमा पछिल्लो समय एयरलाइन्स ब्यवस्थापन, गैरजिम्मेवारी र लापरबाहीलाई लिएर हरेक यात्रुहरुले चौतर्फी आलोचना गर्ने गरका छन् । त्यस्तै सधै सेलिब्रिटी र पत्रकारहरु लाई प्रयोग गरेर आफ्नो प्रचार प्रसार गर्ने टर्किश एयरलाईन्सको गैरजिम्मेवार र लापरबाही छताछुल्ल भएको छ । नेपालमा सन् २०१३ देखि सुरु भएको टर्किश एयरलाइन्स सन् २०२२ डिसेम्बरको तथ्याङ्क अनुसार, विश्वका १८४ देशहरूको १२०० एयरपोर्टहरूमा १० हजारभन्दा बढी उडान भरिसकेको छ। त्यो बाहेक, त्यतिबेला ५४ वटा एयरलाइन्ससँग ‘कोड शेयर’ सम्बन्धन पनि जोडिएको थियो।

सन् २०२४ जनवरी ८ तारिखमा टर्किश एयरलाइन्सबाट प्रकाशित एउटा तथ्याङ्क अनुसार, सन् २०२३ मा एयरलाइन्सको औसत उडान प्रतिशत १६ दशमलव १ प्रतिशत रहेको देखिन्छ : सोही साल एयरलाइन्सले ८ करोड ३४ लाख यात्रुलाई उडाएको रहेछ। एयरलाइन्सको घरेलु उडान उति उत्साहप्रद रूपमा नबढे पनि अन्तर्राष्ट्रिय स्तरमा भने १४ दशमलव ४ प्रतिशतले बढेको देखिन्छ भनेर जनवरीमा एयरलाइन्सले निकालेको तथ्याङ्कमा प्रकाशित गरेको देखिन्छ।
तर तथ्याङ्क जतिसुकै धेरै देखिएपनी टर्किश एयरलाइन्सको लापरबाही र गैरजिम्मेबारीको बारेमा सामाजिक सञ्जालमा तिब्र रुपमा आलोचना बढिरहको छ ।

२० वैशाख, २०८१ (२ मे २०२४) को दिन डाक्टर अनुप सुवेदीले, ‘एक्स’ (ट्विटर)मा  लेख्छन् : — ‘इस्तानबुलदेखि काठमाडौं जान लागेको फ्लाइट  #TK0726 नेपाली यात्रुहरूप्रति एकदमै असंवेदनशील र अव्यवस्थित देखियो।’ उनेले लेखेका छन्, त्यो फ्लाइटले काठमाडौंमा अवतरण गर्न काठमाडौंको धेरै चक्कर लगाएर नसकेपछि लखनउ लगेको रहेछ। पाइलटले त्यसको कारण प्राविधिक समस्या देखाएको रहेछ। लखनउ पुगेर त्यहाँको ग्राउन्ड स्टाफसँग कुरा गरेपछि, विमानको नेभिगेसन सिस्टममा खराबी आएको थाहा भएछ। प्लेन भित्रै राखिएको एक घण्टापछि, उक्त प्लेनलाई नयाँदिल्ली विमानस्थल लगेछन्। नयाँदिल्लीमा पनि धेरै समय प्लेन भित्रै राखिसकेपछि अरू केही स्पष्टीकरण नदिई, उद्घोषण गरिएछ, ‘ग्राउन्ड ट्रान्सपोर्टेसन तयार छ, आफ्नो सामान लिएर जानू  ! ’ यात्रुहरूले कम्तीमा पानी र खाना दिनको लागि अनुरोध गरेछन्। तर, एयरलाइन्सका कर्मचारीले, भारतीय सरकारका अधिकारीले खाना तथा पानीको लागि क्लियरेन्स नदिएकोले त्यहाँ ती कुराहरू दिन नमिल्ने बताएछन्। उनले, त्यो अवस्थालाई ‘अ भेरी टिपिकल साउथ एशियन’ भनेर लेखेका छन्।

त्यहाँ भएका विदेशी यात्रुहरूलाई एक-एक गरेर काठमाडौंको फ्लाइट मिलाउँदै पठाएछन्स नेपाली जतिलाई एउटा होटलमा राति बस्न पठाउने भएछन्। तर, ती सबै कुराहरू त्यसबखत प्रष्टसँग भनिएको रहेनछ। त्यतिबेलासम्म, करिब एक घण्टा अगाडि जम्मा तीन दर्जन पानीको बोतल बाहेक केही दिइएको रहेनछ। जब यात्रुहरूले, आफूहरूलाई होटल पठाउन अनुरोध गरे, एयरलाइन्सका कर्मचारीले फेरि पनि ‘अथोरिटिज’बाट अनुमति नआइसकेको बताएछन्। न त, त्यतिबेलासम्म माफी मागेछन्। बिहान ३ बजेदेखि विमानभित्र र बाहिर कोच्चिएका यात्रुहरूलाई दिउँसो ४ बजे केही बर्गर ल्याएर दिएछन्स त्यो पनि सबैलाई पुगेनछ।

पाँच बजेपछि यात्रुहरूलाई बसमा राखेर एक घण्टा टाढाको होटलमा लगेछन् र सात बजे मात्रै डिनर खान दिने भनेछन्। यो सबै विवरण डाक्टर अनुप सुवेदीले नेपाल उड्डयन प्राधिकरण र टर्किश एयरलाइन्सलाई ध्यानाकर्षण गर्दै लेखेका थिए।  डाक्टर अनुपले स्टाटस लेखेपछि, त्रिविवि मानवशास्त्र विभागका प्राध्यापक जनक राईले लेख्छन, ‘तिमीहरूलाई लाज लाग्नुपर्ने टर्किश एयरलाइन्स, तिमीहरूले कोभिडताका मेरो क्यान्सिल भएको टिकटको पनि पैसा फिर्ता दिएनौ। म, तिमीहरूको एयरलाइन्सबाट कहिल्यै पनि उड्दिनँ।’

 

त्यसैगरी २०८१ साल जेठ १३ गते भीम कार्कीले पनि ‘एक्स’मा लेखेका छन्, ‘टर्किश एयरलाइन्सबाट उडान नगर्नूहोला १ यसका कर्मचारीहरू घमन्डी, अविवेकी र अयोग्य छन्। यो एयरलाइन्सलाई अन्तर्राष्ट्रिय बजारमा सेवा गर्ने अनुमति दिइनुहुँदैन। उनीहरू, सबैले टर्किश बोलुन् भन्ने चाहन्छन्, उनीहरू अरूको कुरा सुन्दैनन्स यात्रुहरूको समस्या बुझ्दैनन्। इस्तानबुलमा फसियो।’

त्यस्तै २०८१ जेठ ९ गते इन्स्टाग्राममा अभिनेत्री प्रियंका कार्की लेखेकी छन् : ‘थ्याङ्क- यू फर द लभ एन्ड द एमेजिंग हस्पिट्यालिटी ट्रकिश एयरलाइन्स ! (प्रेम र एकदमै राम्रो अतिथि सत्कारको लागि धन्यवाद, टर्किश एयरलाइन्स !)’  प्रियंका कार्की पेरिसमा हुनगइरहेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल कान्सको ‘कान्स गाला’मा भाग लिन टर्किश एयरलाइन्सबाट यात्रा गर्दै थिईन।

आफ्नो प्रचार प्रसाको लागी सधैँ सेलिब्रटीहरुलाई प्रयोग गर्ने टर्किस एयरलाइन्सको बारेमा अन्य यात्रुहरुमा भने एयरलाइन्सको ब्यवस्थापन र गैरजिम्मेवारी प्रति तिब्र रुपमा असन्तुष्ट बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *