ट्राफिक कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन सर्बोच्चको अन्तरिम आदेश

सेयर गर्नुहोस्

२० जेठ, काठमाडौं । सर्वोच्च अदालतले मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन, ओभरस्पिडलगायतको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने नपाउनेगरी अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उलंघन गरेबापत कुनै पनि नागरिकलाई सडकमा खटाउन नपाउने गरी सरकारलाई कारण सोध्दै आइतबार अन्तरिम आदेश जारी गरेको हो। 

कृष्ण बिक समेत ७ जनाले संविधानले नागरिकलाई दिएको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकविरुद्ध भएको भन्दै शुक्रबार गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। रिट निवदेनमा अपराधसंहिताका कानुनबमोजिम बाहेक सजाय नहुने व्यवस्था रहेकाले निर्णयका आधारमा नारिकलाई सजाय दिनु उचित नभएको भन्दै रिटमा अन्तरिम आदेशसहित उत्प्रेषण परमादेशको माग गरिएको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि मापसे, लेन अनुशासन, ओभरस्पिड लगायतको कारबाहीमा परेका सवारीचालकलाई पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेको थियोृ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *