१३ बर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी निरीक्षक पक्राउ

सेयर गर्नुहोस्

२४ जेठ, काठमाडौं । १३ बर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । काठमाडौं महानगरपालिकाले विद्यालयहरूमा सचेतनामुलक अभियान चलाइरहेका बेला ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *