२०८४ सम्म कांग्रेस सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ : गगन थापा

सेयर गर्नुहोस्

२६ मोरङ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले जिम्मेवारीपूर्वक एवं सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस प्रतिपक्षमा रहेकाले सोहीअनुसार भूमिका निर्वाह गर्ने र योबाहेक अन्य कुनै विकल्पमा नजाने प्रष्ट पारे ।

महामन्त्री थापाले नेकपा ९एमाले० अथवा नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने कुनै प्रयास र छलफल नगर्ने बताए । पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र एमालेका नेतृत्वसँग शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानका कतिपय विषयमा पुनरावलोकन गरेर सङ्घीय गणतन्त्रलाई बलियो बनाउने विषयमा कुराकानी गरिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *