सुरु भयो जसपा नेपालको महाधिवेशन

सेयर गर्नुहोस्

२८ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा आजबाट सुरु भएको छ । महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्नेछ । महाधिवेशनका लागि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा विशाल पण्डाल निर्माण गरिएको छ । आज दिउँसो १ बजे महाधिवेशन उद्घाटन समारोह राखिएको छ । १३ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने सो पार्टीले जनाएको छ । 

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताको सहभागिता रहनेछ । उद्घाटन सत्रमा सबै दललाई निम्तो गरिए पनि भर्खर विभाजन भएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) लाई भने बोलाइएको छैन । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ । अध्यक्षबाहेक सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *