के हो श्री केश तेलको वास्तबिकता ?

सेयर गर्नुहोस्

२९ जेठ, काठमाडौं । करिब ३/४ बर्ष अगाडीमात्र नेपालमा उत्पादन भएको सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको यतिबेला जताततै चर्चा भईरहेको छ । नेपालमै उत्पादन भएको बिभिन्न ३२ भन्दा बढी जडिबुटि बाट बनेको र कुनै पनि केमिकल हरु नमिसाई सुद्ध नेपालमै उत्पादन भएको जटिबुटि बाट निर्माण भएको निर्माण कम्पनिको दाबी छ । यस तेलले बिशेषगरी कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने, कपाल सिल्की बनाउन मदत गर्ने निर्माण कम्पनीको बताएको छ । सप्तऋषि आर्युवेदले केश सम्बन्धी मात्र काम गर्ने मात्र नभई छाला तथा सौन्दर्य सम्बन्धी, पेट सम्बन्धी, मोटोपन, सुगर, कोलेस्ट्रोल, प्रेसर जस्ता दीर्घरोगहरु, हाड जोर्नी, यौन तथा शारीरिक दुर्बलता, पिसाब सम्बन्धी समस्याको समेत उपचार गर्ने भन्दै करिब ४ बर्ष अगाडी बजारमा ल्याईएको थियो । नेपालको सरकारी नीतिमा रही नेपालमै पाइने कच्चा पदार्थ र जडीबुटीहरू प्रयोग गरेर बनाइएको तेलले कुनै हानी नगर्ने कम्पनीको दाबी छ । टेलिभिजनदेखि अनलाइन मिडिया, प्रधानमन्त्र, राजनितिज्ञ साथै पूर्व राष्ट्रपति,कलाकार र हेरक सामाजिक सञ्जालमा विज्ञापन गर्दै हरेक नागरिकहरुले यस तेलको प्रयोग गरिरहेका छन् । सुरुमा राम्रै चर्चा बटुलेको श्री केश तेलले पछिल्लो समय भने विभिन्न आलोचना खेप्दै आइरहेको छ । कपाल झर्नबाट रोक्ने, झरेको ठाउँमा नयाँ कपाल पलाउने लगायत प्रचार गर्दै बजारमा आएको तेलले केही समय चर्चा कमाए पनि अहिले आलोचना सहनु परेको हो । यस तेलको बारेमा धेरै नकारात्मक टिका टिप्पणीहरु आएपछि कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले विभिन्न अध्ययन अनुसन्धान गरे नेपालका हिमाली क्षेत्रमा पाइने जडीबुटीहरूबाट बनाइएको यो तेलले कपाललाई पोषण बनाई सुरक्षित राख्ने प्रष्टीकरण दिएका छन् ।

आफ्नो देशमै केही गर्छु भन्ने उद्देश्य काम गरिरहेको बताउँदै उनले नागरिकको हितमा गर्न नमिल्ने काम आफू र आफ्नो कम्पनीले नगर्ने दाबी गर्दै यो तेल नेपालका जंगलमा पाइने विभिन्ने ३२ प्रकारका जडिबुटीबाट बनाइएको उनको भनाइ छ । सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीले सयौँ नगरिकलाई रोजगार उपलब्ध गराएको बताउँदै प्रबन्ध निर्देशक बुढाथोकीले आगामी वर्ष ५० हजार नागरिकलाई रोजगारी दिने गरेर योजना बनाएर काम गरिरहेको बताउदै श्री केश हेयर आयलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण, उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको बताएका छन । ३२ प्रकारका जडीबुटी सङ्कलन, प्रशोधन र प्याकेजिङबारे प्रष्ट्याउदै जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन, स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना रहेको र जसबाट बेरोजगारी घटाइ गरिबी निवारण, पर्यावरण संरक्षण एवम् व्यापार घाटालाई कम गर्न समेत टेवा पर्याउने निर्माण कम्पनिको दाबी छ । 

नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको योजनामा रहेको समेत कम्पनिले बताएको छ । कम्पनीले युवाको लगानीमा नेपाली जडीबुटी प्रयोग गरी तेल उत्पादन गरेर विश्व बजारमा नेपाली ब्रान्ड चिनाउने र कृषकलाई आत्मनिर्भर बनाएर रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने काम गरिरहेको प्रबन्ध निर्देशक बुढाथोकीले बताए । कम्पनीले जडीबुटी सङ्कलक, किसान, बिक्रेता, उद्योगका कामदार–कर्मचारी सबैलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरिरहेको कम्पनिको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *